२०८१ श्रावण १२

नवीन स्कुललाई कराते प्रतियोगितामा उत्कृष्ट स्थान
  • लुम्बिनी खोज
  • २०७९ पुष २९, शुक्रबार १५:५७ गते

बुटवल ।
नवीन औद्योगिक कदर बहादुर रीता मा वि ले गौतम बुद्ध अन्तराष्ट्रिय कराते प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गरेको छ । देवदह कराते एकेडेमीद्वारा देवदहको सनलाइट रिसोर्टमा पौष २७ देखि संचालित खेलमा नवीन औद्योगिक कदर बहादुर रीता मा वि मा सिभिल इन्जिनियरिङ ११मा अध्ययनरत राहुल चौधरी ५५ के जी ले स्वर्ण पदक प्राप्त गरेका छन ।
व्यवस्थापन समुह कक्षा १२ कि सुमना घर्ती मगर ४५ के जी रजत पदक, व्यवस्थापन समूह कक्षा ११ मा अध्ययनरत बुद्व कृष्ण जी एम ६८ के जी रजत पदक प्राप्त गरेका छन भने कक्षा ८ मा अध्यनरत अविनाश घर्ती मगर ५० के जी ले कास्री पदक प्राप्त गरेका छन । उक्त अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितामा नेपाल, भारत, श्रीलंका,भुटान,बगलादेश र क्यानडाका खेलाडीहरुको सहभागिता रहेको उक्त प्रतियोगिताको उदघाटन देवदह नगरपालिकाका नगर प्रमुख धुर्व खरेलले गरेका थिए । भने स्वर्ण, रजत र कास्य पदक प्राप्त खेलाडीहरुलाई प्रमुख अतिथी देवदह नगर प्रमुख खरेलले पदक र प्रमाणपत्र वितरण गरेका थिए