२०८१ श्रावण १२

पोखरामा शाइन रेसुंगा बैंकको शाखा
  • लुम्बिनी खोज
  • २०७७ चैत्र ५, बिहीबार ०९:४८ गते

बुटवल, ३ चैत । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कास्कीको पोखरामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको शाइन रेसुंगाले गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलो शाखा विस्तार गरेको हो । यौसंगै बैंकको शाखा संख्या ७७ पुगेको छ । शाखा कार्यालयको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक इश्वरीप्रसाद भट्टराईले उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै निर्देशक भट्टराईले उत्पादनशील क्षेत्रमा कर्जा लगानी बृद्धि गरी अर्थतन्त्रमा टेवा पु¥याउन सुझाव दिए । उनले बजारको गहिरो अध्ययन गरेर लगानी गर्न र डिजिटल बैकिङलाई प्राथमिकता दिन पनि सुझाव दिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले सातै प्रदेशमा शाखा सञ्जाल विस्तारको क्रममा गण्डकी प्रदेशको राजधानी पोखरामा आइपुगेको बताए ।

बैंकले सबैसंग हातेमालो गरेर गण्डकी प्रदेशको आर्थिक विकास र समृद्धिमा योगदान पु¥याउने बताए । गण्डकी प्रदेशको बागलुङको बुर्तिबाङमा पनि बैंकको शाखा सञ्चालनमा छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले स्थानीय माग र आवश्यकता अनुसार कर्जा लगानी गरिने बताउ । देशभरका ८ वटा राष्ट्रिय स्तरका विकास बैंक मध्ये शाइन रेसुंगा लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय रहेको एक मात्र विकास बैंक हो । ३३ अर्ब निक्षेप संकलन तथा ३० अर्ब कर्जा लगानी गरेको बैंकका ४ लाख बढी ग्राहक छन् ।