२०८१ मंसिर २१

लुम्विनीको सभामुखमा तुलाराम र उपसभामुखमा मेनुका निर्विरोध निर्वाचित
  • लुम्बिनी खोज
  • २०७९ माघ ३, मंगलवार १०:४० गते

बुटवल ३ माघ ।
लुम्बिनी प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती मगर र उपसभामुख मा राप्रपाकी मेनुका खाण केसी निर्विरोध निर्वाचित भएका छन ।
सभामुखमा यहा  एक जनाको मात्रै उम्मेदवारी दर्ता भएको थियो  भने उपसभामुखमा तीन जनाको उम्मेदवारी दर्ता भएको थियो । तर निर्वाचनका क्रममा दुइ जना उम्मेदवारको बारेमा स.सदको कार्यसूचीबाट हटाउन सम्वन्धित पार्टीहरुले पत्र सचिवालयमा दर्ता भएसगै जेष्ठ सदस्य डिल्लिराज भुसालले कार्यसूचीबाट हटाएपछि मेनुकाको मात्रै उम्मेदवारी कायम भएको थियो । मंगलबारको प्रदेश सभा बैठकमा जेष्ठ सदस्य भुसालले सभामुखमा तुलाराम र उपसभामुखमा मेनुका निर्विरोध निर्वाचित भएको घोष्णा गरेका थिए ।
त्यस अघि सभामुख र उपसभामुख पदका उम्मेदवारका प्रस्तावक, सर्मथकलाई जेष्ठ सदस्यले प्रस्ताव र सर्मथन गर्न समय दिएका थिए ।   । सभामुखमा निर्वाचित तुलाराम घर्ती मगर प्रदेश सभाका लागि पाल्पाबाट निर्वाचित भएका थिए ।
तुलाराम प्रदेश सभामा दोश्रो पटक निर्वाचित भएका हुन । अघिल्लो कार्यकालमा माओवादीको प्रमुख सचेतकका रुपमा उनले भुमिका निर्वाह गरेका थिए । प्रदेशमा मुख्यमन्त्री एमालेले पाउदा यहा सभामुख माओवाटीको कोटामा परेको थियो । तुलारामको प्रस्तावकमा एमालेका भुमिश्वर ढकाल र सर्मथकमा राप्रपाका आशिककुमार चौधरी रहेका थिए ।
उपसभामुखमा राप्रपाकी मेनुका खाँण केसीको प्रस्तावकमा इन्द्रजीत थारु र सर्मथकमा जनमत पार्टीका चन्द्रकेश गुप्ता रहेका थिए  ।
लुम्विनीमा सरकार गठन हुदा प्रदेश सभामा प्रतिनिधित्व गर्ने १० दल मध्ये ७ दल र २ जना स्वतन्त्र सांसद समेत गरी ५८ सांसद मुख्यमन्त्रीको  सर्मथनमा रहेका थिए । लुम्विनीमा नेकपा एमालेका २९ सांसद ,माओवादी केन्द्रका १०(एक स्वतन्त्र माओवादीमा प्रवेश गरेपछि), राप्रपा र नागरिक उन्मुक्तिका चार चार तथा जसपा, लोसपा र जनमत पार्टीका तीन तीन  जना सांसद र स्वतन्त्रबाट निर्वाचित २ सांसद सत्ता गठबन्धनमा रहेका छन ।
यहा सत्ता गठबन्धन बाहिर कांग्रेसका २७, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक एक सांसद रहेका छन ।