२०८१ मंसिर २
बुटवल ३ माघ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा चार जना उपप्रधानमन्त्री, १५ जना मन्त्री र ३ जना राज्यमन्त्री बनेका छन् । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेसँगै प्रचण्ड नेतृत्वको सरकार २३ सदस्यीय बनेको हो ।
मन्त्रिपरिषदमा उपप्रधानमन्त्री ४ जना रहेका छन् । बिष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बनेका छन् । चार उपप्रधानमन्त्रीमध्ये तीन जनाले पुस ११ गते नै सपथ लिएका थिए भने लिङ्देनले मंगलबार सपथ लिएका हुन् ।
राष्ट्रपति कार्यालयकाअनुसार मन्त्रिपरिषदको वरीयतामा अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका बिष्णु पौडेल दोस्रो स्थानमा छन् भने भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो स्थानमा छन् । गृहमन्त्री रवि लामिछाने चौथो वरीयतामा छन् भने ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका राजेन्द्र लिङ्देन पाँचौं स्थानमा रहेका छन ।