२०८१ श्रावण १२

चलचित्र पत्रकारका लागि लाेक कल्याणकारी काेष स्थापना
  • लुम्बिनी खोज
  • २०७७ चैत्र ५, बिहीबार १०:१६ गते

काठमाडाैं–चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारका लागि लाेक कल्याणकारी काेषकाे स्थापना गरेकाे छ।

काेषले ६० वर्षभन्दा माथिका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता दिने उद्देश्यले काेषकाे स्थापना गरेकाे हाे। संघकाे २१ औं वार्षिक साधारणसभा तथा तेस्रो विधानसभाकाे उपलक्ष्यमा काेषकाे घाेषणा भएकाे हाे।

कार्यक्रममा सहभागीले काेषकाे कार्यविधि सहज बनाउन सुझाव दिएका छन्। चलचित्र विकास बाेर्डले पनि कलाकारका लागि लाेक कल्याणकारी काेष स्थापना गरेकाे तर त्याे प्रभावकारी नभएकाे भन्दै कार्यविधि सहज बनाउन आग्रह गरेका हुन्।