२०८२ असार ७

लुम्विनीमा मन्त्रिपरिषद विस्तार, को को बने मन्त्री (सूचीसहित)
  • लुम्बिनी खोज
  • २०७९ माघ २८, शनिबार १७:१० गते
बुटवल २८ माघ ।
लुम्विनीमा मुख्यमन्त्री लिला गिरीले शनिवार मन्त्रिपरिषद विस्तार गरेका छन । गिरीले मन्त्रीपरिषद १० सदस्यीय बनाएका छन । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीपरिषदमा नियुक्ती र कार्यविभाजन गरी पुर्नगठन गरेका छन । मन्त्रीपरिषदमा एमालेसहित माओवादी केन्द्र, राप्रपा र जनमत पार्टीको प्रतिनिधितव भएको छ ।
आजै राजीनामा दिएकी माओवादी केन्द्रकी नेतृ कृष्णा केसी पनि मन्त्रिपरिषद्मा छिन् । उनलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । माओवादी केन्द्रका नेता जोखबहादुर महरा आर्थिक मामिलामन्त्रालयको जिम्मेवारी पाएका छन । एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामिण तथा शहरी विकासमन्त्री, माओवादी केन्द्रका इन्द्रजीत थारु भौतिक पूर्वाधार विकासमन्त्री, नेकपा एमालेका विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री र माओवादीकी कृष्णा केसी आन्तरिक मामिला कानुन तथा सहकारीमन्त्री नियुक्त भएका छन् । यस्तै एमालेका दुर्गा प्रसाद चौधरी वन तथा वातावरणमन्त्री , राप्रपाका जानकी प्रसाद यादव उद्योग पर्यटन तथा यातायात व्यवस्थामन्त्री, एमालेका तुलसीराम शर्मा कृषि तथा भूमि ब्यवस्थामन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक बिकास मन्त्री नियुक्त भएका छन् ।