२०८१ असार ७

बुटवल उवासंघको स्थापना दिवसमा विभिन्न कार्यक्रम गरिने
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन ६, शनिबार १४:४२ गते

बुटवल ६ फागुन ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने भएको छ । संघले यहि फागुन ९ र १० गते विभिन्न कार्यक्रम गरी ७० औं स्थापना दिवस मनाउन लागेको हो ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले स्थापना दिवसको पूर्व सन्धामा यहि फागुन ९ गते विहान रक्तदान कार्यक्रम र दिउसो अनलाईन बजार सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरिएको महासचिव बिमलराज भट्टराईले बताए ।
त्यस्तै स्थापना दिवसको दिन १० गते औपचारिक कार्यक्रम गरिने छ । उक्त कार्यक्रममा संघका एक जना पूर्व अध्यक्षलाई सम्मान गरिने छ । संघले प्रत्येक वर्ष एक जना पूर्व अध्यक्षलाई सम्मान गर्दै आएको छ ।
२०१० सालमा बुटवल व्यापार मण्डलको नाममा स्थापना भएको संघको पछि नाम फेरेर बुटवल उद्योग वाणिज्य संघ राखिएको थियो । स्थापनाकाल देखिनै संघले व्यवसायिक हकहितसंगै यस क्षेत्रको सामाजिक तथा आर्थिक विकासको काममा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको अध्यक्ष कसजूले बताए ।