२०८१ श्रावण १२

राप्रपाका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन १३, शनिबार १६:२५ गते

काठमाडौँ ।

राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका छन् । प्रधानमन्त्रीसमक्ष राप्रपाको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले राजीनामा पत्र बुझाएका हुन् । राप्रपाको कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।  यस्तै राप्रपाले सरकारलाई दिएको विश्वासको मत पनि फिर्ता लिने भएको छ ।‍