२०८१ श्रावण १२

श्रीलंकामा हुने कराँते खेलाडीलाई बुटवलबाट बिदाई
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन १६, मंगलवार १६:३१ गते

बुटवल, १६ फागुन ।
श्रीलंकामा हुने तेश्रो अन्तरराष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा भाग लिन जाने नेपाली खेलाडीहरुलाई बुटवलबाट बिदाई गरिएको छ ।
बुटवल उपमहानगरपालिकाले प्रशिक्षकसहित ६ जना खेलाडीलाई मंगलबार बिदाई गरेको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, महाशाखा प्रमुख मित्रमणि खनालसहितको टोलीले खेलाडीसहितको टोलीलाई माला र खादा लगाएर बिदाई गरेको हो । खेलाडीहरुलाई बिदाई गर्दै पन्थीले कराँतेमा उपाधि हासिल गरेर आउनका लागि शुभकामना दिए । उनले खेलका माध्यमबाट बुटवल र नेपालकै नाम विश्वसामु परिचित गराउँदै जितेर आउनका लागि शुभेच्छा व्यक्त गरे ।
मार्च ४ मा श्रीलंकामा हुने तेश्रो अन्तरराष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा भाग लिन भैरहवाका कमरुद्दिन अली, देवदहका शोभाखर पन्थ, तिलोत्तमाका ९ वर्षका श्याम कँडेल, बुटवल देवीनगरका १३ वर्षका रिपेश बस्याल, सिन्धुलीका पुरुषोत्तम पोखरेल र मुख्य प्रशिक्षकका रुपमा हरिशरण केसी सहभागी हुने टीम व्यवस्थापक जनेश पन्थीले जानकारी दिए ।