२०८१ माघ १२
बुटवल, १७ फागुन ।
प्रदेश १ को नाम ‘कोसी’ राख्ने प्रस्ताव दुईतिहाइले पारित भएको छ । मतदानमा दुईतिहाइबाट प्रदेशको नाम ‘कोसी’ पारित भएको हो ।
प्रदेश १ को नाम कोशी प्रदेश कायम गरियोस् भनि प्रस्तावक रामबहादुर रानाले राखेको प्रस्तावको पक्षमा ८२ र विपक्षमा ४ मत परेको हो । ६ जना अनुपस्थित भएका हुन् ।९३ सदस्यीय प्रदेश १ को प्रदेश सभामा मत विभाजनका क्रममा सभामुखसहित ८७ जना सभा सदस्यको उपस्थिति रहेको थियो । दुई तिहाईका लागि ६२ मत आवश्यक रहेकोमा प्रस्तावको पक्षमा सत्तासिन दलहरू नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा तथा विपक्षमा नेकपा एसका चार सदस्यले मतदान गरेका हुन् ।
प्रदेश नामकरणको प्रस्ताव पेश हुनुअघि नेकपा एकीकृत समाजवादी दलका नेता राजेन्द्रकुमार राईले राखेको कोशी प्रदेश माथिको संशोधन प्रस्ताव ‘किराँत-लिम्वुवान-कोशी’ प्रदेशको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।