२०८१ पुष ११

श्रीलंकामा मट्टितेलको मूल्य लिटरको ३०५ रूपैँया
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन १७, बुधबार १७:५१ गते

कोलम्बो – श्रीलंकामा मट्टितेलको मूल्यमा ५० रूपैँया घटाइएको छ । श्रीलंकाको सरकारी स्वामित्वको इन्धन आयातकर्ता तथा वितरक सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी) ले मट्टितेलको मूल्य घटाउने प्रस्तावलाई बुधबार राष्ट्रपति रनिल विक्रमासिंघेले अनुमोदन गरेका हुन् ।

राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले मार्च १ को मध्यरातदेखि मूल्य घटाउने घोषणा गरेको छ । मट्टितेलको मूल्य प्रतिलिटर ५० रुपैयाँ (०.१४ अमेरिकी डलर) घटाएर ३०५ रुपैयाँ कायम गरिएको छ ।  औद्योगिक मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३४ रुपैयाँले घटेर ३ सय ३० रुपैयाँमा झरेको निगमले जनाएको छ । सन् २०२२ मा घरेलु आर्थिक संकटका कारण अनुदान हटाइएपछि दक्षिण एसियाली मुलुकमा मट्टितेलमा अत्यधिक सहुलियत दिइएको थियो ।सन् २०२२ को अगष्टमा सीपीसीले मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँबाट बढाएर ३४० रुपैयाँ र नोभेम्बर २०२२ मा ३६५ रुपैयाँ पुर्याएको थियो ।  जनवरी २०२३ मा यसको मूल्य घटाएर ३५५ भारु मा झारिएको थियो ।

श्रीलंकाकामा मट्टितेल मुख्यतया आवासीय क्षेत्र र मत्स्य पालन समुदायहरूले प्रयोग गर्छन् । बुधबार श्रीलंकामा एक अमेरिकी डलर बराबर ३६२.८४ श्रीलंकाली रूपैँया कायम गरिएको छ ।