२०८१ श्रावण १२

ग्रिसमा दुई ट्रेन ठोक्किँदा कम्तीमा ३२ को मृत्यु
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन १७, बुधबार १७:५४ गते

काठमाडौँ।

ग्रिसको उत्तरी क्षेत्रमा दुईवटा ट्रेन एक-आपसमा ठोक्किँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । लारिसा सहर नजिकै भएको दुर्घटनामा दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ ।

३५० जना सवार यात्रुवाहक ट्रेन र मालबाहक ट्रेन एक-आपसमा ठोक्किएको जनाइएको छ । उद्दारकार्यमा १ सय ५० जना उद्दारकर्ता तथा ४० वटा एम्बुलेन्स खटाइएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।