२०८१ श्रावण १२

नवीनमा न्यायिक वाह्य संवाद कार्यक्रम
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन १९, शुक्रबार १२:२२ गते
बुटवल १८ फाल्गुन ।
रुपन्देही जिल्ला अदालतको आयोजनामा नवीन औद्योगिक कदार बहादुर रीता मा।वि। देवीनगरमा न्यायिक वाह्य संवाद कार्यक्रम विहिवार सम्पन्न भयो ।
उक्त न्यायिक सम्बाद कार्यक्रममा कक्षा ११ र १२ कानुन समुहमा अध्ययनरत विद्यार्थीहरुद्वारा संवाद कार्यक्रमममा सोधिएका कानुन संग सम्बन्धित जिज्ञासाहरु रुपन्देही जिल्ला अदालतका प्रमुख न्यायाधिश कृष्णराम कोइरालाले जवाफ दिए  जिल्ला अदालतका  न्यायाधिश उमेश कोइरालाले न्यायिक वाह्य संवाद कार्याक्रमको औचित्यता बारेमा ससहजीकरण गरेका थिए । रुपन्देही जिल्लाका न्यायाधिश डा. प्रकाश उप्रेतीले नेपालको कानुनी संरचना, न्यायिक संरचना, उच्च अदालत, विशेष अदालत, मौलिक अधिकार, राज्यका निर्देशित सिद्वान्त, नीतिहरु व्यावसायिक कानुन ऐन, कानुनी प्रकृया र कार्यविधि कानुनका वारेमा विद्यार्थीहरुलाई सहजीकरण गरेका थिए ।
रुपन्देही जिल्ला अदालतका प्रमुख न्यायाधिश कृष्ण राम कोइरालाको अध्यक्षतामा श्रेष्तेदार शोभाकर खरेलको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयको समग्र अवस्था बारेमा जानकारी गराएका थिए । कानुन समूहका इन्चार्ज अधिवक्ता लोक प्रसाद खरेल, अधिवक्ता निशा खरेल, अधिवक्ता निरंजना पौडेललगायतले सहजीकरण गरेको कार्यक्रममा कक्षा ११ र १२ मा कानुन समुहमा अध्ययनरत करिव ९० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, सिभिल इन्जिनियरिङ, व्यस्थापन, कानुन र शिक्षा समूह अध्यापन हुने गरेको छ हाल विद्यालयमा ४ हजार १ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।