२०८१ श्रावण १२

पत्रकार महासंघ रुपन्देहीको होली मिलन कार्यक्रम
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन २३, मंगलवार १७:४३ गते

बुटवल ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डे, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी  भरतमणि पाण्डे, महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले शुभकामना व्यक्त गर्दै होलीलाई मर्यादित र आपसमा मित्रता कायम गरेर मनाउन आग्रह गरे ।

कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष सल्लाहकार, प्रदेशका महासचिव, सल्लाहकार, पत्रकार सम्बद्ध संगठनका नेताहरु, विभिन्न राजनीतिक दलका नेता, संघसंस्थाका व्यक्तिहरु साथै सबै पत्रकार रुपन्देहीका विभिन्न सञ्चार सम्बद्ध व्यक्तिहरुको सहभागितामा आयोजित कार्यक्रममा होलीलाई भाइचारा र मेलमिलापको रुपमा मनाउन जोड दिइएको थियो ।