२०८१ श्रावण १२

जग्गाको विषयमा विवाद हुदा चक्कु प्रहार
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन २४, बुधबार १२:२१ गते

बुटवल २४ फागुन ।
रुपन्देहीको कञ्चन गाउँपालिका वडा न।५ उत्तर भैसाहीमा जग्गा सम्वन्धी विवाद हुदा चक्कु प्रहारबाट उक ब्यक्ति घाइते भएका छन । सोही ठाउका २६ वर्षका प्रेम थारु र ४० वर्षका बाबुराम थारु बिच जग्गाको बिषयलाई लिएर झगडा भएको थियो । दुवै जनाले मादक पदार्थ सेवन गरी एक आपसमा झगडा हुदा बाबुराम थारुले प्रेम थारुलाई धारिलो वस्तु ९चक्कु० प्रहार गरेका थिए । प्रहरीका अनुसार छातीमा चक्कु लाग्दा प्रेम घाईते भएका छन । घट्ना थाहा पाए लगत्तै ईलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीको प्रहरी टोली खटिई गई प्रेम थारुलाई उपचारको लागी अस्पताल पठाएको थियो । धारिलो बस्तु ९चक्कु० प्रहार गर्ने बाबुराम थारु र उक्त घटनामा प्रयोग भएको चक्कु समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिप्रका रुपन्देहीले जनाएको छ ।