२०८१ श्रावण १२

नारी दिवसमा निःशुल्क स्वास्थ्य शिविर
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन २४, बुधबार १३:१४ गते

बुटवल २४ फागुन ।

रुपन्देहीको सैनामैनामा अति विपन्न परिवारका महिला तथा बालबालिकाहरुका लागि निशुल्क स्वास्थ्य शिविर संञ्चानल गरिएको छ । ११३ औँ अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देही र साझा हस्पिटल प्रा.ली बुटवलको संयुक्त आयोजनामा सैनामैना वडा न.६ मा शिविर गरिएको हो । करिब १५० जना अति विपन्न महिलाहरुलाई विशिष्टकृत स्वास्थ्य शिविर दिईएको आयोजकले बताएका छन ।उक्त शिविरमा महिलाहरुको निःशुल्क ल्याब परिक्षण, भिडियो एक्सेरे गर्नुका साथै निशुल्क औषधी वितरण गरिएको थियो ।

कार्यक्रममा वोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले निशुल्क स्वास्थ्य शिविरले अति विपन्न महिलाहरुलाई उपचारमा धेरै राहत मिल्ने बताए । मानव अधिकार तथा शान्ति समाजका निवर्तमान केन्द्रीय सभापति गोविन्द खनालले महिलाहका लागी शसक्तिकरण तथा महिला हिंसा विरुद्ध अभियान चलाउने जस्ता काम लाई महत्व दिदै आएको धारणा राखे ।
महिलाहरुको स्वास्थ्य अधिकारलाई प्रत्याभुति दिने गरि यो कार्यक्रम गरिएको उनले बताए । अति विपन्न महिलाहरु रहेको दलित बस्तीमा कार्यक्रम संञ्चालन गर्नाले यहाका महिलाहरु बढि लाभान्वित भएको पनि उनले बताए । महिला रोग बिशेषज्ञ डाक्टर प्रदिप कुमार श्रीवास्तव, बाल रोग बिशेषज्ञ डाक्टरअनिल खनाल, डाक्टर सपना बलाललगायतले स्वास्थ्य जाच गरेका थिए ।
मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति कृष्ण भटटराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सैनामैना वडा न.६का वडाअध्यक्ष गोपाल पोख्रेल,नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पंगेनी,नेपाली कांग्रेस सैनामैनाका सभापति रण बहादुर खनाल,समाजसेवी किरण पौडेलको आतिथ्यता रहेको थियो ।