२०८१ श्रावण १२

उपराष्ट्रपतिमा पुरुषको नाम मनोनयन नगर्न निर्देशन
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन २६, शुक्रबार १०:०१ गते

बुटवल २६ फागुन ।

निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने निर्णय गरेको छ।आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति फरक–फरक लिंग वा समुदायको हुनुपर्ने संवैधानिक व्यवस्थाअनुरूप पुरुष उम्मेदवारको नाम मनोनयन नगर्न निर्देशन दिएको छ।

उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदै छ।  आयोगले  फागुन २७ गते बिहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ता गराउने समय तोकेको छ । २ देखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने र  ३ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय दिइएको छ।

२८ गते १२ बजे मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने आयोगको तयारी छ। त्यस्तै, १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने र सोही दिन नै उम्मेदवारी फिर्ता लिन चाहनेले लिन पाउनेछन्। २८ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चैत ३ गते मतदान हुने निर्वाचन आयोगले जनाएको छ।