२०८१ श्रावण १२

शान्ति नमुनामा अभिभावक भेला
  • लुम्बिनी खोज
  • २०७९ चैत्र १, बुधबार ०८:११ गते

तिलोत्तमा, फागुन ।
रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा अभिभावक भेला गरिएको छ ।
कक्षा ९ मा अध्ययनरत बालबालिकाका अभिभावकहरुको लागि आयोजित कार्यक्रममा अभिभावकहरुले पूरा गर्नुपर्ने दायित्व, बाल मनोविज्ञान तथा उनीहरुलाई गर्नुपर्ने प्रेरणाका सम्बन्धमा छलफल गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले अभिभावकहरुले राखेका जिज्ञासा समाधान गर्दै विद्यालयका गतिविधिहरुका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा सहायक प्रधानाध्यापकहरु किशोर कुमार खनाल, लोकनाथ कंडेल, दिपेन्द्र शाक्य, मा.वि. तह संयोजक धर्मगत शर्माले विद्यार्थीका अभिभावकलाई परामर्श दिएका थिए । कार्यक्रमको सहजिकरण कक्षा ९ का संयोजक रजनी के.सी.ले गरेका थिए ।
कार्यक्रममा कक्षा ९ मा अध्ययनरत ५ सय ८६ जना विद्यार्थीहरुका अभिभावहकहरुको सहभागिता रहेको थियो ।