२०८१ मंसिर २
बुटवल ६ चैत ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजू नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने भएका छन । संघको सोमबार बसेको कार्यसमिति बैठकले महासंघको साधारण सभा तथा अधिवेशनको लागि प्रतिनीधि चयन गर्दै महासंघमा जिल्ला नगरबाट सदस्य पदमा अध्यक्ष कसजूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यहि चैतको २८ र २९ गते काठमाण्डौमा हुने ५७ औं वार्षिक साधारण सभा तथा अधिवेशनको लागि मुख्य प्रतिनीधिमा अध्यक्ष कसजू सहित प्रतिनीधिमा निवर्तमान अध्यक्ष खिमबहादुर हमाल र वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठलाई चयन गरिएको महासविच विमलराज भट्टराईले जानकारी गराए । त्यस्तैगरी अध्यक्ष कसजूलाई महासंघको सदस्य पदमा विजयी गराउनको लागि संघको तर्फबाट भूमिका खेल्दै सम्पूर्ण जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई अनुरोध गरेको छ ।
बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको एशोसियट सदस्य पदमा निर्वाचित भएकोमा संघका कार्यसमिति सदस्य आनन्दप्रसाद वझालाई सम्मान गरिएको छ । बैठकले २९ औं परिषद सभा बैशाखमा गर्ने निर्णय गरेको छ ।