२०८१ श्रावण १२

पुलिसलाई पराजित गर्दै मनाङ मस्र्याङदी सेमिफाइनलमा 
  • लुम्बिनी खोज
  • २०७९ चैत्र ७, मंगलवार १५:५८ गते
बुटवल  ७ चैत ।
बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटवल प्रतियोगितामा मनाङ मस्र्याङदी क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा नेपाल पुलिस क्लवलाइ २–१ गोलअन्तरले पराजित गर्दै मस्र्याङदी क्लव अन्तिम चारमा स्थान बनाएको हो । मनाङ मस्र्याङदीका लागि प्रशन्न श्रेष्ठले खेलको ३२ औ मिनेटमा र चेतन कुमार थारुले पहिलो हापको इन्जुरी टाइममा एक एक गोल गरेका थिए । शुरुवाती देखि नै दबाबमा रहेको नेपाल पुलिसले एक गोल फर्काएपनी जितको लागि पर्याप्त भएन । नेपाल पुलिस क्लवका बुद्ध बल तामाङले एक गोल फर्काएका थिए । तामाङले दोस्रो हापको १६ औ मिनेटमा गोल गरेका थिए । ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।
यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ वा १ थान मोटरसाइकल÷स्कुटर पुरस्कार पाउने छन् । त्यस्तै उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट कोचले ३० हजार रुपैयाँका दरले पुरस्कार पाउने छन् । प्रत्येक खेलमा म्यान अफ द म्याचले ११ हजार एक सय ११ रुपैया पाउने छन ।