२०८१ श्रावण १२

यस्तो छ रुपन्देहीमा एसइई परीक्षाको तयारी, केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण , ठूलो परिक्षा केन्द्र नवीन
  • लुम्बिनी खोज
  • २०७९ चैत्र १३, सोमबार १३:०७ गते

भैरहवा १३ चैत्र ।
रुपन्देहीमा २०७९ को एसइई परिक्षाको तयारी तीब्र पारिएको छ । तयारीका क्रममा जिल्ला स्तरीय परीक्षा समन्वय समिति रुपन्देहीले २०७९ को एसइई परीक्षाका केन्द्राध्यक्षहरुलाई सोमवार अभिमुखीकरण सम्पन्न गरेको छ ।
उक्त अभिमुखीकरण कार्यक्रममा वोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले रुपन्देही जिल्लाको एसइई परीक्षालाई व्यवस्थित गर्न पालिकाहरु संग समन्वय गरेर हेल्थ डेस्क व्यवस्थापनमा पहल गर्ने र सबैको प्रभावकारी समन्वयबाट परीक्षालाई संचालन गर्नुपर्नेमा जोड दिए ।
जिल्ला स्तरीय परीक्षा समन्वय समिति रुपन्देहीका अध्यक्ष रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले परीक्षालाई शान्तपूर्ण र मर्यादित गराउनु पर्ने र परीक्षा केन्द्रमा कसैले पनि अनुगमनको नाममा फोटो खिच्ने भिडियो बनाउने भिड गर्न नपाइने कडा निर्देशन दिए ।
शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका इकाई प्रमुख तथा जिल्ला स्तरीय परीक्षा समन्वय समितिका सदस्य सचिव दिपेन्द्र ढकालले विद्यार्थीहरुले परीक्षामा प्रवेशपत्र अनिवार्य साथमा लैजानुपर्ने, विद्यार्थीहरु विद्यालय ड्रेसमा हुनु पर्ने बताए । परीक्षा केन्द्रमा अनुगमनकर्तालाई प्रवेशपत्र विना प्रवेश गर्न नदिने, उत्तरपुस्तिका थैलामा राख्दा तीनसय भन्दा बढी राख्न नहुने रुपन्देही जिल्लाको परीक्षा एमएएससी मुभमेन्टलेस, एचिभमेन्ट वेस, साउण्डलेस र चिटिङलेस हुनु पर्ने धारणा ब्यक्त गरे ।
जिल्ला स्तरीय परीक्षा समन्वय समिति रुपन्देहीका सदस्य जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक भरत विश्वकर्माले परीक्षाका सुरक्षा व्यवस्थाकाबारेमा धारणा राखेका थिए ।
जिल्ला स्तरीय परीक्षा समन्वय समिति रुपन्देहीका अध्यक्ष रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अध्यक्षतामा जिल्ला समन्वय समिति रुपन्देहीका शाखा अधिकृत विष्णु प्रसाद वेल्वासेको संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक हुमाकान्त काफ्ले, शसस्त्र प्रहरीका शसस्त्र प्रहरी नायव उपरीक्षक प्रेम प्रकाश सिग्देल, भैरहवा नमुना मावि व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ता, ५६ वटा परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुको सहभागिता रहेको थियो ।
२०७९ को एसइई परीक्षामा नेपालभरबाट छात्र दुई लाख सन्ताउन्न हजार नौ सय चौविस, छात्रा, दुई लाख सन्ताउन्न हजार त्रिपन्न गरी पाँच लाख चौध हजार नौ सय सतहत्तर विद्यार्थीहरु सहभागि हुदैछन । एघार हजार ६ सय पन्ध्र विद्यालयका विद्यार्थीहरुले २हजार ७ वटा परीक्षा केन्द्रबाट जाच दिनेछन ।
रुपन्देही जिल्लाको हकमा एक सय सत्तरी सामुदायिक, एक सय अडसठी संस्थागत विद्यालय गरी तीन सय अडतिस विद्यालयबाट ४२ खुला प्राविधिक धार तर्फ १२ वटा विद्यालयका चार सय ४२ जना, ग्रेड वृद्वि चार सय एकहत्तर जना नियमित विद्यार्थी सत्र हजार आठ सय पचास जना गरी अठारहजार आठ सय पाच जना विद्यार्थीहरु छपन्न वटा परीक्षा केन्द्रबाट परीक्षामा सहभागी हुने भएका छन् ।
यस्तो छ ठूलो परिक्षा केन्द्र नवीनमा तयारी
नवीन औद्योगिक कदर बहादुर रीता माविका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतका अनुसार नेपालको सबै भन्दा ठुलो परीक्षा केन्द्र रुपन्देही जिल्लाको केन्द्र नं.२७ नवीन औद्योगिक कदर बहादुर रीता मावि देवीनगर रहेको छ । जसमा (क)केन्द्रमा कालिका मानवज्ञान माविका साधारण समुहका ६२७ र प्राविधिकधार तर्फ कम्प्युटर इन्जिनियरिङका ४८ गरी ६ सय पचहत्तर र (ख) केन्द्रमा आठ वटा विद्यालयहरुका दुई सय छयासी गरी नौ सय एक सठ्ठी परीक्षार्थीहरु रहेका छन् ।
विद्यालयले परीक्षालाई थप व्यवस्थित गर्नको लागि विद्यालयको पश्चिममा रहेको खेल मैदानमा ४ वटा लाइनहरु कालिका मानवज्ञान मावि छात्र र छात्रा र अन्य विद्यार्थीहरुको छात्र र छात्राको लाइन हुने छ उक्त लाइन पश्चिम गेटबाट प्रवेश गरी मूल भवनको देब्रे साइडको प्यासेज झोला राख्ने व्यवस्था मिलाइने विद्यालयले जनाएको छ । तयस्तै अन्य विद्यालयहरुको प्यासेजको दाहिने तर्फ झोला राख्ने व्यवस्था, विद्यालयका स्टाफनर्स रहने हेल्थ डेस्क, सेनेटरी प्याड पाइने स्थान परीक्षा परियोजनका लागि अस्थाई शौचालय, कक्षामा जाँदा प्रयोग हुने तला अनुसारको सिढी, पिउने पानीको व्यवस्था, परीक्षा संचालन गर्ने कार्यालय लगायतको नक्शा बनाएर सरोकारवालाहरुले सजिलै थाहा पाउने किसिमले व्यवस्थापन गर्ने विद्यार्थीहरुलाई हेपीमुडमा परीक्षामा सहभागी गराउने योजना भएको प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताए । रुपन्देही जिल्लाको सबै भन्दा सानो परीक्षा केन्द्र नं.४७ नवरत्न मावि सेमलार हो । जसमा १३४ जना विद्यार्थीहरु परीक्षामा सहभागी हुदै छन् । त्यस्तै मेरीगोल्ड बोर्डिंङ्ग स्कुलबाट २ जना विद्यार्थी मात्र एसइईमा सहभागी हुदै छन् ।