२०८१ श्रावण १२

किसानलाई मकैको बीउ वितरण
  • लुम्बिनी खोज
  • २०७९ चैत्र १४, मंगलवार १२:५३ गते

 

बुटवल, १४ चैत ।
बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण गरिएको छ ।

बुटवल १५ मा गठित वडास्तरीय कृषि प्रवद्र्धन समितिको सिफारिशको आधारमा सुनौलो लोकछहारी सामाजिक उद्यमी सहकारी संस्थासँगको सहकार्यमा बुटवल वडा नं १५ ले अरुण २, रामपूर कम्पोजिट र रामपुर हाइब्रीड जातको मकैको बीउ वितरण गरिएको हो ।

बुटवल १५ का अध्यक्ष तथा नगरप्रवक्ता शिव रानाले बीउ वितरण गर्दै मकै उत्पादनमा अब्बल बन्न किसानहरुलाई आग्रह गरे ।

उनले बुटवलको पश्चिमी क्षेत्रलाई कृषिमा अब्बल बनाउने गरी लाग्न किसानलाई आग्रह गरे । उजले बुटवललाई कृषिमा अगाडि बढाउँदै आत्मनिर्भर बनाउने गरी काम गर्ने किसानलाई उपमहानगरपालिकाले साथ दिने पनि बताए ।