२०८१ श्रावण १२

लामिछानेले दर्ता गरे उम्मेदवारी
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २०, सोमबार ०५:५० गते

बुटवल २० चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि सोमवार उम्मेदवारी दर्ता गराएका छन्।

लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। यसअघिको निर्वाचनमा भारी मतान्तरले विजयी भएका लामिछाने नागरिकता विवादमा सर्वोच्चले गरेको फैसलापछि पदमुक्त भएका थिए।

लामिछाने पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनको मतदान ०८० वैशाख १० गते हुनेछ। उम्मेदवारी दर्ता पछि उनले उपनिर्वाचनबाट उत्साहित र आशावादी रहेको बताए ।

विगतमा पनि यही प्रक्रियाबाट निर्वाचित भएको र अहिले फेरि त्यही प्रक्रिया अपनाउँदा केही अनौठो लागे पनि आफू आशावादी रहेको उनको भनाइ छ ।