२०८२ असार ७
बुटवल २० चैत ।
लुम्विनी प्रदेशको प्रदेश सभा बैठकमा विपक्षी दलका सांसदहरुले मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेको भन्दै चाँडो
निकास दिन आग्रह गरेका छन । प्रदेश सभा बैठकमा विशेष समयमा सोमवार वोल्दै उनीहरुले अल्पमतका कारण काम चलाउको अवस्थामा सरकार रहेको टिप्पणी गरे ।
कांग्रेस सांसद सुधाकर पाण्डेले संविधान अनुसार अल्पमतको काम चलाउ सरकारले विधेयक ल्याउन नमिल्ने जिकिर गर्दै मुख्यमन्त्रीले बाटो सहज बनाउनुपर्ने धारणा राखे ।
सांसद भण्डारीलाल अहिरले अल्पमतको सरकारले नैतिकताको ख्याल गरेर चाडो निकास दिनुपर्ने बताए ।
नेकपा एकीकृत समाजवादीकी सांसद भगवती अधिकारीले वजेट देखि जनताका सरोकारका विषय प्रभावित हुने भन्दै अलपमतमा परेको सरकारले मार्ग प्रशस्त गनुपर्ने बताइन ।
एमालेका सांसद गिरधारीलाल न्यौपानेले विधि विधान विपरित एमाले सत्तामा नवस्ने भन्दै विधि विधानले निश्चित गरेको सिमाभित्र एमाले सरकारमा वस्ने बताए । प्रदेश सभा बैठकमा प्रदेशका पूर्व मन्त्री समेत रहेका जनमत पार्टीका चन्द्रकेश गुप्ताले सदन समयमै शुरु हुनुपर्ने कुरामा जोड दिए भने मन्त्री कार्यकालको अनुभव समेत राखे । उनले मन्त्रालयमा कर्मचारीहरुले नटेर्ने प्रवृति पाएको बताए ।
त्यस्तै प्रदेश सभा बैठकमा सांसदहरु जानकी न्यौपाने, हेमा वेल्वासे, सुरुल पुन, तारा थापा, यमुना रोका तामाङले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।