२०८१ श्रावण १२

ब्याजदर घटाउन अर्थमन्त्री र गभर्नरबीच छलफल
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २२, बुधबार १७:१९ गते

काठमाडौ,२२ चैत ।

गभर्नर महाप्रसाद अधिकारीसहित नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूलाई बोलाएर अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदर घटाउने उपायका विषयमा छलफल गरेका छन् । छलफलमा अर्थमन्त्रीले बैंकमा ऋणको ब्याजदर घटाउन के गर्न सकिन्छ भन्ने चासो देखाएको अर्थ मन्त्रालयले जनाएको छ ।

जवाफमा गभर्नर अधिकारीले बैंकको ब्याजदर घट्दो क्रममा रहेको जानकारी गराएका थिए । त्यस्तै, बाह्य क्षेत्रमा स्थायित्व देखापर्दै गएमा नीतिगत दरहरूसमेत घटाउँदै लैजाने गभर्नरले बताएको मन्त्री सचिवालयले जानकारी दिएको छ ।

छलफलमा राष्ट्र बैंकको तर्फबाट अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्ने सम्भावना देखिएको विषयलाई प्रस्तुत गरेको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए ।

आयात व्यवस्थापनका लागि सरकार तथा नेपाल राष्ट्र बैंकद्वारा विगतमा गरिएका नीतिगत व्यवस्थाहरू हटाइएको छ । यसले पनि आगामी दिनमा आयात वृद्धि भई विदेशी विनिमय सञ्चितिमा दबाब पर्ने सम्भावना बढेको उल्लेख गरिएको छ । ०७७ कात्तिक महिनामा हालसम्मकै उच्च १५ खर्ब ६ अर्ब पुगेको थियो । तत्कालीन अवस्थामा उक्त सञ्चिति १५.४ महिनाको वस्तु तथा १४ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त थियो ।