२०८१ श्रावण १२

तिलोत्तमाका अटो रिक्सा चालकको मागः बुटवलमा धरपकड वन्द गर
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २६, आईतवार ०८:०० गते

बुटवल, २६ चैत्र ।
तिलोत्तमा नगरपालिकादेखि बुटवल उपमहानगरपालिका सम्म सहज रुपमा अटो, टेम्पो तथा ई–रिक्सा आवतजावतको व्यवस्था हुनुपर्नेमा तिलोत्तमा नगरका अटो, टेम्पो तथा ई–रिक्सा चालकले माग गरेका छन् । पश्चिम नेपालकै प्रमुख व्यापारिक केन्द्र रहेको बुटवल नगरपालिकामा अन्य पालिकाका अटो, टेम्पो तथा ई–रिक्सालाई प्रवेशमा रोक लगाएको, र अनावश्यक तथा अव्यवाहारिक जरिवाना अशुल्ने गरेको गुनासो गर्दै यस्तो किसिमको अव्यवहारिक नियम हटाउनुपर्ने उनीहरुले माग राखेका छन् ।
शनिबार नेपाल अटो, टेम्पो तथा ई–रिक्सा चालक संघ, तिलोत्तमा नगर समितिको प्रथम नगर अधिवेशनमा उपस्थित चालकहरुले यस्तो माग राखेका हुन । बुटवल उपमहानगरमा सुविधा सम्पन्न स्वास्थ्य संस्थाहरु रहेको र इर्मरजेन्सी विरामी लिएर अस्पताल जाँदा समेत प्रहरीले धरपकड गरी अनावश्यक दुख दिने गरेको भन्दै यस्तो अमानवीय व्यवहार नगर्नको लागि उनीहरुले आग्रह समेत गरेका छन् । बुटवल उपमहानगरपालिका भित्र अन्य पालिकाका अटो तथा रिक्सा चल्न नपाउने नियममा आफुहरु सहमत भएपनि अक्स्मात जरुरी परेर अन्य पालिकामा यात्रु बुटवल छोडन जान र फिर्ता आउन सहज रुपमा पाउनु पर्नेमा उनीहरुको माग रहेको छ ।
अधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेस जिल्लमा कमिटि सदस्य राज कुमार वाग्लेले चालकहरुको माग जायज रहेको भन्दै यसका लागि बुटवल नगरपालिकासंग पहल गर्ने आश्वासन दिए । सर्वप्रथम तिलोत्तमा नगरपालिकामा पनि रिक्सा दर्ता गरी व्यवस्थित रुपले सञ्चालन गर्ने सकेमा यस्तो समस्या भोग्न नपर्ने भन्दै यसको लागि तिलोत्तमा नगरपालिकालाई पनि ध्यानाकर्षण गराउने उनले जानकारी दिए ।
कार्यक्रममा ट्रेड युनियन कांग्रेस रुपन्देही जिल्ला अध्यक्ष लालमणी भण्डारी, सदस्य बिष्णु प्रसाद पौडेल, तिलोत्तमा नगर अध्यक्ष भरत प्रसाद भुषाल, नेपाल अटो, टेम्पो तथा ई–रिक्सा चालक संघ बुटवल नगर कमिटि अध्यक्ष उदय परियार, सचिव प्रकाश खनाल लगायतले बोल्दै मजदुरले परिश्रम गरेर खान पाउनुपर्ने बातावरण निर्माणको लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । कार्यक्रम संस्थाको अध्यक्ष शेषकान्त भुषालको अध्यक्षता र सचिव खड्ग बहादुर के.सी.को संचालनमा सम्पन्न भएको थियो ।
अध्यक्षमा पुनः शेषकान्त भुषाल
अधिवेशनले पुनः शेषकान्त भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा बल बहादुर के.सी., सचिवमा खड्ग बहादुर के.सी., सह–सचिवमा घनश्याम उपाध्याय र कोषाध्यक्षमा तुलसीराम ढकाल चयन भएका छन । त्यस्तै सदस्यहरुमा खड्ग बहादुर बस्नेत, पुर्ण चन्द्र बस्याल, कमल बिश्वकर्मा, भुपाल बमरेल, कृष्ण के.सी. र भिमलाल घिमिरे चयन भएको निर्वाचन संयोजक भरत प्रसाद भुषालले जानकारी दिए ।