२०८१ श्रावण १२

लेखराज निवासमा प्रधानमन्त्री प्रचण्ड
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २६, आईतवार ०८:३७ गते

बुटवल,२६ चैत।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टबीच भेटवार्ता भएको छ । सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्न आइतबार धनगढी ओर्लिएका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले गोदावरी नगरपालिका–१ अत्तरियास्थित एमाले सुदूरपश्चिम इन्चार्ज भट्टको निवासमा पुगेर भेटेका हुन् । भट्ट निवासमै प्रधानमन्त्री प्रचण्ड र नेता भट्टबीच भेटघाट भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टको घरसँग आफ्नो ४० वर्षदेखि सम्बन्ध रहेको बताएका छन् । आइतबार बिहान कैलालीको अत्तरियास्थित भट्टको निवासमा पुगेका प्रचण्डले आफ्नै घरजस्तो लागे आफू भट्टको घर पुगेको बताएका हुन् ।

भेटघाटपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भट्टसँग समसामयिक विषयमा समेत छलफल गरेको बताए । ‘यहाँ माथि एउटा म बस्ने कोठा छ,जहाँ मैले खाने बस्ने गर्थेँ,’ उनले भने, ‘त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हुँ । बाँकी कुरा लेखराजजी राजनीतिक व्यक्तित्व भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भै हाल्यो ।’

भट्ट माओवादी पृष्ठभूमिका नेता हुन् । कुनै बेला सुदूरपश्चिममा प्रचण्डका विश्वास पात्र मानिने भट्ट अहिले एमालेमा छन् ।