२०८१ श्रावण १२

नवीनमा परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २७, सोमबार १३:०९ गते

बुटवल २७ चैत्र ।
बुटवल स्थीत नवीन औद्योगिक कदर बहादुर रीता मा. वि. देवीनगरमा शैक्षिक सत्र २०७९ को वार्षिक परीक्षाफल सोमवार प्रकाशन गरिएको छ । 
कार्यक्रममा वोल्दै बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम पन्थीले नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.ले पठनपाठन खेलकुद लगायत समग्र क्षेत्रबाट विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा नवीनले महत्वपूर्ण योगदान पुर्याएको भन्दै सराहना व्यक्त गरे ।
विद्यालयले शैक्षिक सत्र २०७९ को मन्टेश्वरी देखि कक्षा ९ सम्मको परीक्षाफल प्रकाशित गरेको छ ।जसमा प्राथमिक तह, निम्न माध्यमिक तह र माध्यमिक तहमा विद्यालय प्रथम, द्वितीय र तृतीय बढी तहगत हाजिरी हुने र कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम पन्थी,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेल, सदस्य राजेन्द्र ढकाल, कमला भण्डारी ज्ञवाली, श्रीमाया श्रेष्ठ, नयाँ पत्रिका दैनिकका लुम्विनी व्युरो प्रमुख विष्णु घिमिरे, साझा टेलिभिजनकी चन्दा बस्याल, चौपारी टोल विकास समिति अध्यक्ष जुनु भण्डारी, माझगाउँ टोल विकास समितिका अध्यक्ष गंगा बहादुर थापा, शिक्षक अभिभावक संघका जेष्ठ सदस्य वासुदेव भुसाल, सदस्यहरु विष्णु आचार्य, राजाराम वि.क., लिला भण्डारी, लक्ष्मी अर्याल, शोभा नेपाल, शंकर परियार लगायतले पुरस्कार वितरण गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्र ढकाल, सहायक प्रधानध्यापक रोमनाथ घिमिरे लगायतले विद्यालयको शैक्षिक गतिविधिका बारेमा चर्चा गरेका थिए । प्रधानाध्यापक बस्नेतका अनुसार कक्षा ८ को परीक्षाफल मंगलवार प्रकाशन हुने भएको छ ।