२०८१ श्रावण १२

मुलुकका ७ वटै प्रदेश सभाहरुको नियमावलीहरु संशोधन गर्न गृहकार्य थालिने
  • लुम्बिनी खोज
  • २०७८ मंसिर ४, शनिबार १०:३९ गते

बुटवल ४ मंसिर ।
मुलुकका ७ वटै प्रदेश सभाहरुको कामकारवाहीमा एकरुपता कायम गर्न सभाका नियमावलीहरु संशोधन
गर्न गृहकार्य थालिने भएको छ । त्यस्तै सचिवस्तरीय अन्तर प्रदेश समन्वय परिषद् वा मञ्च स्थापनामा विशेष पहल पनि गरिने भएको छ । लुम्बिनी प्रदेश सभा सचिवालयको समन्वय तथा सहकार्यमा संघीय सचिवालयद्वारा मंसिर १ देखि ४ सम्म बुटवलमा सम्पन्न “सभा तथा सचिवालय संचालन सम्बन्धी मामिलामा अनुभव आदान प्रदान एवं अन्तरक्रिया” कार्यक्रमले प्रदेश सभाहरुको कामकारबाहीमा एकरुपता कायम गर्न सभाका नियमावली संशोधन देखि परिषद वा मञ्च स्थापनाको पहल गर्नेसहितका विभिन्न निष्कर्ष निकालेको छ ।
त्यस्तै. संघीय संसद सचिवालय र प्रदेश सभा सचिवालयहरुबीचको सम्बन्धलाई थप विस्तार गर्न आपसी सहकार्य एवं समन्वयलाई प्रभावकारी बनाउने निष्कर्ष पनि निकालेको छ । लुम्विनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरका अनुसार कार्यक्रमबाट. दुवै सचिवालयका विभिन्न तहका पदाधिकारीहरु बीच अन्तर प्रदेश सभा अनुभव आदान प्रदान कार्यक्रमलाई निरन्तरता दिने निष्कर्ष समेत निकालिएको छ ।
संघीय संसद सचिवालय र प्रदेश सभा सचिवालयमा कार्यरत कर्मचारीहरुलाई संसदीय काम कारवाही, कानून निर्माण, संसदीय निगरानी, अनुगमन मूल्यांकन लगायतका विषयमा जानकारी गराउन अध्ययन भ्रमण, प्रशिक्षण÷तालिम, गोष्ठीजस्ता कार्यक्रमहरु आवश्यकता अनुसार समन्वयगत रुपमा संचालन गर्ने निष्कर्ष निकालिएको छ ।
. संघीय संसद सचिवालय र प्रदेश सभा सचिवालयका पुस्तकालयलाई अनलाईन माध्यमबाट सम्बन्ध स्थापित गरी सूचना एवं अध्ययन सामाग्रीहरुको आदान प्रदान गर्ने पनि कार्यक्रमबाट निष्कर्ष निकालिएको छ ।
संघीय संसद र प्रदेश सभाबीच आपसी सम्बन्ध विस्तार, समन्वय, सहकार्य एवं सहकारिता अभिवृद्धि गर्न यस अघि भएका सभामुखस्तरीय कार्यक्रमहरुबारे पनि समिक्षा गरिएको थियो । त्यस्तै संसद सचिवालयहरुले सम्पादन गर्नुपर्ने भनी पहिचान भई सम्पादन गरिएका विषयहरु लगायत सभा संचालन एवं सचिवालयले प्रवाह गर्नुपर्ने सेवा सम्बन्धमा पनि छलफल भएको थियो । ती विषयमा समालोचनात्मक एवं औचित्यपूर्ण विश्लेषण गर्न, सम्भावित अन्तरसम्बन्धको पहिचान, पारस्परिक सम्बन्ध सुदृढीकरण गर्न गराउन एवं सभा संचालनका अभ्यासहरुमा एकरुपता कायम गर्न कार्यक्रम फलदायी भएको लुमिवनी प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले बताए ।
कार्यक्रममा संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाल, संघीय संसद सचिवालयका सचिव(प्रशासनं) धु्रवप्रसाद घिमिरे, संघीय संसद सचिवालयका सचिव(अनुसन्धान)सुदर्शन खड्काको सहभागिता रहेको थियो ।
त्यस्तै गोपाल प्रसाद पराजुली, प्रदेश सभा सचिव, प्रदेश नं. १, रन्जित कुमार यादव, प्रदेश सभा सचिव, प्रदेश नं. २, कृष्णहरि खड्का, प्रदेश सभा सचिव, वाग्मती प्रदेश, हरिराज पोखरेल, प्रदेश सभा सचिव, गण्डकी प्रदेश, दुर्लभ कुमार पुन मगर, प्रदेश सभा सचिव, लुम्बिनी प्रदेश, जीवराज बुढाथोकी, प्रदेश सभा सचिव, कर्णाली प्रदेश र रामसिंह धामी, प्रदेश सभा सचिव, सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको थियो ।