२०८१ श्रावण १२

बजेटका लागि उद्योगीहरुसँग सुझाव संकलन
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २८, मंगलवार ११:४५ गते

बुटवल,  ।
रुपन्देही उद्योग संघ, नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उ्रद्योग परिसंघले आगामी वर्ष २०८०÷८१ को बजेटमा सुझाव पेश गर्नको लागि उद्योगीहरुसँग छलफल गरेको छ । नेपाल उद्योग परिसंघले ७ वटै प्रदेशका उद्योगीहरुसँग छलफल गरी सरकारका सम्बन्धित निकायहरुमा सुझाव पेश गर्ने उद्देश्यले संचालन गरेको अभियान अन्तर्गत मंगलबार अन्तक्र्रिया सम्पन्न भएको छ । अन्तक्र्रियामा नेपाल उद्योग परिसंघका प्रदेश तथा जिल्ला संयोजक समन्वय समितिका सभापति लक्ष्मी प्रसाद सुवेदी, लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम, संघका पूर्व अध्यक्षहरु, पदाधिकारी, सल्लाहकार, कार्यसमिति सदस्यहरु, उद्योगी एवं तिनवटै संस्थाका सचिवालय कर्मचारीहरुको सहभागिता रहेको थियो ।
अन्तक्रियामा सहभागी उद्योगीहरुले हालको खराब अर्थतन्त्रलाई सुधार्नका निम्ति विशेष गरी राज्य चनाखो हुनुपर्नेमा जोड दिए । रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीका अनुसार उनीहरुले नीतिगत सुधार, भौतिक पूर्वाधार विस्तार र उद्योगीहरुले व्यहोर्नु परेका झन्झटिला प्रक्रिया, भन्सार, कर नीतिका नकारात्मक प्रभाव तथा आगामी दिनमा गर्नुपर्ने सुधारका सन्दर्भमा आ—आप्mना राय सुझावहरु राखेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका प्रतिनिधि लक्ष्मी प्रसाद सुवेदीले उद्योगीहरुका तमाम समस्यालाई समाधानका उचित उपाय खोज्न, आवश्यक पहल गर्न र राज्यलाई विभिन्न विषयहरुमा सकारात्मक सुझाव दिन परिसंघ लागि परेको बताए । विशेषगरी भन्सार, कर प्रणाली र नीतिगत विषयमा उद्योगीहरुले उठान गरेका समस्याहरुलाई लिपिवद्ध गरी उच्च स्तरीय बैठकमा प्रस्तुत गर्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम, रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेल, पूर्व अध्यक्ष बोनिन पिया, वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, प्रथम उपाध्यक्ष, कृष्ण प्रसाद पराजुली, महासचिव हरिबहादुर खत्री, उद्योगीहरु राम प्रसाद बस्याल, उपेन्द्र अग्रवाल, मेघराज भण्डारी, देवेन्द्र साहु, शिव प्रसाद खनाल, खिमानन्द, भण्डारी, भुवन गिरी, लगायतले आर्थिक क्षेत्रका बारेमा धारणा राखेका थिए ।