२०८१ श्रावण १२

नवीन माविको इन्जिनियरिङ समुहमा शुभकामना तथा बिदाई कार्यक्रम
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २८, मंगलवार १२:१९ गते

बुटवल २८ चैत ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा कक्षा ११ सिभिल इन्जिनियरिङ समुहमा अध्ययनरत विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई शुभकामना तथा बिदाई कार्यक्रम मंगलवार सम्पन्न गरेका छन् ।
कार्यक्रममा नेपाल इन्जिनियरिङ एसोसियसन लुम्विनी प्रदेश अध्यक्ष ई. शैलेन्द्र प्रसाद श्रेष्ठले विद्यार्थीहरुले कम्तिमा स्नातक अध्ययन गर्न सुझाव दिदै पढेर मात्र नहुने हुँदा सामाजिकीकरणमा विशेष ध्यान दिएर अगाडी बढ्न आग्रह गरे । बुटवल उपमहानगरपालिकाका इन्जिनियर लक्ष्मण खरालले विद्यार्थीहरुलाई इन्जिनियरिङ विषयमा विद्या धेरै भएकोले पठनपाठनलाई योजनाबद्व रुपमा अगाडी बढाउन सुझाव दिए ।
सिभिल इन्जिनियरिङ समुह कक्षा ११ कि छात्रा कामना पौडेलको अध्यक्षता झरना गिरी र प्रकाश बेल्वासेको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, सहायक प्रधानाध्यापक एवं शिक्षा समूह इन्चार्ज रोमनाथ घिमिरे, व्यवस्थापन समूह कक्षा १२ का इन्चार्ज केशवराज पन्थ, सिभिल इन्जिनियरिङ समुह इन्चार्ज सपना भट्टराई, सिभिल इन्जिनियरिङ कक्षा ११र१२ संयोजक ई. बिमल अर्याल , विज्ञान समुह इन्चार्ज लक्ष्मी नारायण चौधरी, कानुन समुह इन्चार्ज अधिवक्ता लोक प्रसाद खरेल, कक्षा ११र१२ का प्रशिक्षक ई.साम्व पन्थी, भौतिक शास्त्र शिक्षक भिमराज खनाल, कक्षा ९र१० का संयोजक ई. गणेश थापा, इडीएफका विजय घिमिरे, नवीन विद्यार्थी क्लवकी अध्यक्ष जुना परियार, सिभिल इन्जिनियरिङका विद्यार्थीहरु अभिषेक बस्नेत, प्रवीन अधिकारी, विकास पाण्डे, गौरव खनाल लगायतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले उत्कृष्ट साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।