२०८१ श्रावण १२

चन्द्र भण्डारीको भिडियो सन्देशः मेरो स्वास्थ्यमा सुधार भइरहेको छ
  • लुम्बिनी खोज
  • २०८० बैशाख १, शुक्रबार ११:५० गते

बुटवल १ बैशाख ।
नेपाली कांग्रेसका नेता सांसद चन्द्र भण्डारीले स्वास्थ्यमा सुधार भइरहेको बताएका छन्।

मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीले नयाँ वर्षको शुभकामना दिँदै भिडिओ सन्देशमा भनेका छन्, ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरूसँग म सहभागी हुन सकिरहेको छैन। हजुरहरूको माया, सद्भाव, प्रेम र प्रार्थनाका कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ।’

उनले छिट्टै नै स्वदेश फर्किने पनि बताएका छन्। ‘छिट्टै नै म तपाईंहरूसँग उपस्थित भएर, त्यहीँ नै मेरो स्वास्थ्य उपचार गर्नेछु,’ उनले भने, ‘नयाँ वर्षका अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दछु।

बुद्धनगरस्थित निवासमा खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा भण्डारी र उनकी आमा गत फागुन ३ गते गम्भीर घाइते भएका थिए।

कीर्तिपुर अस्पतालमा उपचारका क्रममा सांसद भण्डारीकी आमा हरिकलाको फागुन ४ गते निधन भएको थियो। सांसद भण्डारीलाई फागुन ४ मा थप उपचारका लागि मुम्बई लगिएको थियो।