२०८१ श्रावण १२

राजनीतिलाई उद्योग बनाउनेहरुबाट देश लुटियो ः चित्रबहादुर केसी
  • लुम्बिनी खोज
  • २०८० बैशाख १, शुक्रबार १५:१० गते

बुटवल,१ बैशाख ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशी विदेशी शक्ति मिलेर देश लुटिरहंदा पनि सत्तामा वस्नेहरु बोल्न नसकेको बताएका छन ।
विदेशी शक्ति केन्द्रको नेपालमा हस्तक्षेप बढ्दा पनि आफुलाई ठुलो दलको नेता बताउनेहरु मौन बसेको आरोप उनले लगाए ।
शुक्रबारदेखि बुटवलमा शुरु भएको रक्तिम सांस्कृतक अभियानको चौथौ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष केसीले राजनीति गर्नेहरु नीजि स्वार्थमा लाग्न नहुने बताए । पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष केसीले भने–सत्ता र शक्तिमा बसेकाहरु आफुलाई ठुलो दलको नेता भन्नेहरुले राजनीतिलाई उद्योग बनाएर देशलाई लुटेका छन् ।
सरकार जनताप्रति उत्तरदायी बन्न नसकेको बताउंदै उनले राज्यले नै नेपालमा भएका उद्योग कलकारखाना बेचेकाले देशलाई चाहिने युवा जनशक्ति अहिले बाध्यताले विदेश पलायन हुनुपरेको बताए । संघीयता असफल भैसकेको दावी गर्दै उनले अब प्रदेश खारेज गरी देशलाई आर्थिक भारबाट मुक्त गर्नुपर्ने बताए ।

राष्ट्रिय सभा सदस्य तुलबहादुर विकले महंगंी र भ्रष्टाचारले सर्वसाधारण जनता मारमा परेको बताउंदै मुलुकममा देखिएको आर्थिक संटकको उचित व्यवस्थापन गर्ने दायित्व सरकारको भउको बताए । कार्यक्रममा नेकपा मसालका लुम्बिनी प्रवक्ता तिलकबहादुर जीसी, अखिल नेपाल युवक संघका अध्यक्ष कृष्णराज पाण्डे, प्रगतिशील पत्रकार संघ, नेपालका अध्यक्ष श्यामलाल पोखरेल, अखिल नेपाल उद्योग व्यापार संघका अध्यक्ष ढुण्डिराज शर्मा, तराई– जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुवंर, अखिल नेपाल बुद्विजीवि संगठनका दुर्गानाथ खरेल, अखिल नेपाल किसान संघका रुकबहादुर पराजुली, अखिल नेपाल महिला संघकी सम्झना सुवेदी, अखिल नेपाल जनजाती सम्मेलनका महासचिव अमरध्वज राना, अखिल नेपाल जनसांस्कृतिक महासंघका कविराज पौडेल,जनसांस्कृतिक महासंघ समाजवादीका शेरजङ गुरुङ, राष्ट्रिय जनसांस्कृतिक महासंघका तिलक लामिछाने लगायतले आ आफ्ना धारणा राखेका थिए । चौथौ सम्मेलनको अवसरमा रक्तिमका संस्थापक राजेश विश्वकर्मा र रेम रानालाई सम्मान गरियो ।
रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढाको अध्यक्षता, महासचिव जीवन शाहीको सञ्चालन र उपाध्यक्ष हेमराज आश्रमको स्वागतमा कार्यक्रम भएको थियो । यही बैशाख ३ गतेसम्म चल्ने सम्मेलनले नयां नेतृत्व चयन गर्ने बताइएको छ ।