२०८१ श्रावण १२

दुबईको आवासीय भवनमा आगलागी, १६ को मृत्यु
  • लुम्बिनी खोज
  • २०८० बैशाख ३, आईतवार ०९:१५ गते

काठमाडौ ,३ बैशाक ।

दुबईको एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन्।

सहरको पुरानो भागमा रहेको अल–रसछेउमा रहेको भवनको चौथो तलामा आगलागी हुँदा १६ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। निर्माण सुरक्षा र अग्नि सुरक्षा आवश्यकताको पालना नगरेको कारण आगलागी भएको सिभिल डिफेन्स फोर्सको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

दुबई संयुक्त अरब इमिरेट्सका सात इमिरेट्समध्येको  एक हो। यहाँ करिब ३३ लाख जनसंख्याको बसोवास छ भने त्यसमा झन्डै ९० प्रतिशत विदेशी छन्। आगलागीमा ज्यान गुमाएका तथा घाइते भएकाको  राष्ट्रियता भने खुलाइएको छैन।