२०८१ श्रावण १२

नयाँ पार्टीले पनि पुरानै प्रवृत्ति देखाए:चित्रबहादुर केसी
  • लुम्बिनी खोज
  • २०८० बैशाख ३, आईतवार ०९:३३ गते

काठमाडौ ,३ वैशाक ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले   पुराना पार्टीहरुले आफ्नो स्वार्थ अनुसार नियम कानुन बनाउने गरेको बताउदै नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी र सभापति रवि लामिछानेको नाम नलिई नयाँ पार्टीबाट नागरिकले नयाँ व्यवहार अपेक्षा गरेकामा पूरा हुन नसकेको आरोप लगाएका छन   ।

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हतारहतारमा सो ठेक्का दिने काम निजी कम्पनीलाई दिने निर्णय गरेको उल्लेख गर्दै उहाँले त्यो काम स्विकार्य हुनै नसक्ने बताए।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष केसीले ७ दिनको बोलपत्र आह्वान गरेर सो ठेक्का दिइएको उल्लेख गर्दै त्यो कानुनी रुपमा पनि अक्ष्यम्य रहेको बताए। लामिछानेप्रति संकेत गर्दै खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गरेको भन्दै त्यस्ता प्रवृत्तिलाई त्यसै छाडन नहुने पनि बताए।

उनले भने, ‘राष्ट्रिय परिचय पत्रमा आवद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न सरकारले नै स्वतन्त्र स्वतन्त्र निकाय बनाउने पहल भईरहेका बेला हतारहतार निजी कम्पनीलाई ठेक्का दिई आपत्तिजनक छ । एकातिर नागरिकका व्यक्तिगत तथा जैविक तथ्यांकमा विदेशी कम्पनी र तिनका एजेन्टले पकड राख्ने र त्यसैमाथि आर्थिक कारोबार गर्ने काम अस्विकार्य छ। मापदण्ड भन्दा घटाएर जम्मा ७ दिनको बोलपत्र गर्ने काम कानुनी रुपमा पनि अक्ष्यम्य छ। पुराना पार्टीहरुले नै गल्ती गरेका थिए। उनीहरुले आफ्ना स्वार्थका लागि नियम, कानुनहरु बनाउँथे । नयाँ आएका पार्टीहरुले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता मक्क परेर हेरिरहेका थिए । खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गर्‍यो । त्यसकारणले यस्ता प्रवृत्तिलाई चाँही त्यसै छोडन हुन्न।’