२०८१ श्रावण १२

कांग्रेसको महाधिवेशन रुपन्देहीमा कतै मतदान कतै सर्वसहमतिमा नेतृत्व चयन
  • लुम्बिनी खोज
  • २०७८ मंसिर ६, सोमबार १७:१८ गते

बुटवल ६ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत रुपन्देहीमा कतै मतदान त कतै सर्वसहमतिमा नेतृत्व चयन भएको छ । पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा तिनवटामा मतदान भैरहेको छ ।

तर क्षेत्र नम्बर ५ को क्षेत्रीय अधिवेशन निर्विरोध भएको छ । सोमबार सम्पन्न अधिवेशनबाट क्षेत्र नम्बर ५ को सभापतिमा वसिउल्लाह मुसलमान निर्बिरोध निर्वाचित भए । क्षेत्रीय अधिवेशनबाट सचिवमा अशोककुमार गोश्वामी र कृष्णप्रसाद शर्मा तथा सहसचिवमा हरि घिमिरे र चिरञ्जीवी खनाल निर्बिरोध निर्वाचित भएको प्रमुख मतदान अधिकृत नुरजंग केसीले बताए ।

यस्तै रुपन्देहीको क्षेत्र नम्बर ५ मा महाधिवेशन प्रतिनीधि र क्षेत्रीय सदस्यसमेत सर्वसम्मत रुपमा चयन भएको छ । क्षेत्र नम्बर १, २ र ३ मा प्यानलगत मतदान भएको छ । क्षेत्र नम्बर ४ मा भने सहमतिका लागि समय थप गरिएको छ । गृहमन्त्री वालकृष्ण खाणको गृह जिल्ला रुपन्देहीमा पौडेल पक्षले कडा टक्कर दिएको छ ।