२०८१ श्रावण १२

मुख्यमन्त्री गिरीले ११ वैशाखमा विश्वासको मत लिने
  • लुम्बिनी खोज
  • २०८० बैशाख ४, सोमबार १०:३८ गते

बुटवल ४ बैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले ११ वैशाखमा विश्वासको मत लिने तयारी गरेका छन्।
माओवादी केन्द्रलगायतका दलले सरकारलाई दिएको समर्थन १२ चैतमा फिर्ता लिएपछि एमालेका गिरीले विश्वासको मत लिन लागेका हुन।

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न आठ दलका ५३ सांसदले केही साता अगाडी नै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन्।

लुम्बिनीमा एमालेका २९ र राप्रपाका चार सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन्।

८७ सांसदमध्ये लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ। प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजे आयोजना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताएका छन।