२०८१ श्रावण १२

हार्डवेयर समितिको क्यालेण्डर सार्वजनिक
  • लुम्बिनी खोज
  • २०८० बैशाख ९, शनिबार १२:५९ गते

बुटवल ९ बैशाख ।
बुटवल उद्योग वाणिज्य संघको हार्डवेयर बस्तुगत समितिले प्रकाशन गरेको नयाँ वर्ष २०८० को भित्तेपात्रो (क्यालेण्डर) सार्वजनिक गरिएको छ । हार्डवेयर बस्तुगत समितिले बुटवलमा नयाँ वर्षको शुभकामना आदानप्रदान समेतको कार्यक्रम गरी क्यालेण्डर विमोचन गरेको हो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा निर्वाचित भएका बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित सदस्य तथा संघका अध्यक्ष कसजूले विस्तारै मुलुकको अर्थतन्त्र चलायमान हुने विश्वास गर्दै विदेशी सञ्चिती बढेकाले पनि केही आशाका किरणहरु देखिएको बताए ।
बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले संघको गतिबिधिलाई चलायमान गराउन र क्रियाशिलता बढाउनको लागि बस्तुगत समितिहरुको भूमिका महत्वपूर्ण रहने बताए ।

संघका कार्यसमिति सदस्य तथा उक्त बस्तुगत समितिका पूर्व अध्यक्ष दीपक चापागाईले उद्योगी व्यवसायीहरु अफ्ठ्यारो अवस्थामा रहेको बताउँदै अथृतन्त्रमा सुधार गर्नको लागि महासंघले भुमिका खेल्नुपर्ने धारणा राखेका थिए ।
हार्डवेयर बस्तुगत समिथिका सभापति अनिलकुमार गुप्ताको अध्यक्षता तथा सचिव धर्मेन्द्र कसौधनको सञ्चालनमा भएको कार्यक्रममा क्यालेण्डरका विज्ञापनदातालाई सम्मान गरिएको थियो ।