२०८१ श्रावण १२

वर्तमान राज्य व्यवस्था असफल भइसक्याे : विप्लव
  • लुम्बिनी खोज
  • २०८० बैशाख ९, शनिबार १६:०७ गते

काठमाडौँ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान राज्य व्यवस्था असफल भइसकेको बताएका छन् ।

नेपाली जनतालाई धेरै निराश र लज्जित बनाउने काम गरेकाले वर्तमान संसदीय व्यवस्था असफल भइसकेको उनको जिकिर थियो । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसकाे अवसर पारेर शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशलाई स्वाधीन बनाउन र नागरिकलाई मालिक बनाउनका लागि वैज्ञानिक समाजवादको विकल्प नभएकाले त्यसका लागि बहसमा जुट्न पनि अन्य कम्युनिष्ट पार्टीहरूलाई आग्रह गरे ।

जनताको शासन सत्ता ल्याउनका लागि आफ्नो पार्टीले अन्य कम्युनिष्ट पार्टीहरूसँग खुला बहस गर्न चाहेको महासचिव विप्लवको भनाइ छ । उनले रुसमा लेलिनको नेतृत्वमा गरिएको रुसी क्रान्तिको स्मरण गराउँदै नेपालमा पनि निराश जनतालाई माथि उठाउन जनवादी सत्ता ल्याउनुको विकल्प नभएको पटकपटक दोहोर्‍याए ।

महासचिव विप्लवले नेपालमा वैदेशिक रोजगारी भित्र्याएर नेपाली जनतालाई पराधीन बनाउने कामको सुरुवात कांग्रेसले गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।