२०८२ असार ९

कांग्रेस रुपन्देही सभापतिमा खाण निर्विरोध
  • लुम्बिनी खोज
  • २०७८ मंसिर ११, शनिबार १५:५६ गते

बुटवल ११ मंसिर । – नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाण निर्विरोध निर्वाचित भएका छन् । सभापति पदमा खाणको एकल उम्मेदवारी परेको जिल्ला निर्वाचन समितिका संयोजक भेषराज घिमिरेले जानकारी दिए ।

सभापतिमा निर्वाचित खाण संस्थापन समूहका हुन् । गृहमन्त्री बालकृष्ण खाणका भाइसमेत रहेका खाण जिल्ला सचिव थिए । पार्टीको अधिवेशनलाई लक्षित गरी गृहमन्त्री खाण झण्डै एकसाता रुपन्देहीमै बसेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य भरत शाहलगायतसँग छलफल गरेर निर्विरोध भएका हुन् । उपसभापतिमा पौडेल पक्षका थानेश्वर घिमिरे र डा. अनिता शाह निर्विरोध भएका छन् । अनिता भरत शाहकी श्रीमती हुन् ।

सचिवमा हरि काफ्ले र परमानन्द भट्टराई तथा सहसचिवमा विष्णु थापा र बासु रिमाल निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका संयोजक घिमिरेले जानकारी दिए । यस्तै जिल्ला कार्य समिति सदस्यहरूमा पनि निर्विरोध भएको छ ।