२०८१ श्रावण १२

लुम्विनीमा एमाले नेतृत्वको सरकार ढल्यो
  • लुम्बिनी खोज
  • २०८० बैशाख ११, सोमबार ०७:२५ गते

बुटवल ११ बैशाख ।
लुम्विनी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री लिला गिरीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसके पछि सरकार ढलेको हो । आज सोमवार प्रदेश सभामा गिरीको विपक्षमा ५३ मत र पक्षमा जम्मा ३३ मत परेको छ ।
मत विभाजन पछि सभामुख तुलाराम घर्ती मगरले परिणाम घोषणा गर्दै मुख्यमन्त्रीले पेश गरेको प्रदेश सभामा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गरे ।