२०८२ असार २२

मुलुकमा नयाँ ध्रुवीकरणको खाँचोः डा भट्टराई
  • लुम्बिनी खोज
  • २०७८ मंसिर १२, आईतवार १६:२९ गते

बुटवल १२ मंसिर। जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मुलुकमा नया ध्रुवीकरणको खाँचो औँल्याएका छन्। जनचाहनाअनुरूप मुलुकलाई अग्रगमनको दिशामा अगाडि बढाउन नयाँ ध्रुवीकरणको खाँचो रहेको उनले बताएका छन् ।

बुटवलमा पार्टीले गरेको पत्रकार सम्मेलनमा बोल्दै डाक्टर भट्टराईले जनअपेक्षाअनुरूप मुलुक अगाडि नबढेको चर्चा गर्दै राजनीतिक कछुवा गतिमा अगाडि बढेको, तर गुणात्मक ढंगले जनताले परिवर्तनको अनुभुती गर्ने गरी अगाडि नबढाइएको उनले बताए। राजनीतिक क्रान्ति भएर व्यवस्था परिवर्तन भएपनि आम जनताको आर्थिक, सामाजिक स्तरमा खासै परिवर्तन आउन नसक्दा जनतामा निराशा र अन्योलता छाएको भन्दै उनले देशमा नयाँ वैकल्पिक शक्ति चाहिएको बताए ।उनले अब मुलुकका लागि नयाँ समाजवादको मोडेल आवश्यक रहेको बताए। मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन हुन नसक्दा जनतामा निराशा र अन्याेल छाएको उल्लेख गर्दै उनले राजनीतिक शक्तिबीचमा नयाँ ढंगले एकता कायम गरी अगाडि बढ्नु नै उत्तम विकल्प हुने बताए ।पुराना राजनीतिक शक्तिले पुरानै डम्फु बजाउँदै रहेको जनतामा वैचारिक भ्रम छर्ने काम गरेको र लोकतान्त्रिक मूल्य–मान्यता स्खलित हुँदै गएको उनले बताए। पुराना राजनीतिक शक्तिबाट मुलुकले निकास पाउँदैन, अब मुलुकमा नयाँ विचारसहितको शक्तिको आवश्यकता छ,’ उनले भने।उनले नयाँ शक्तिको निर्माणका लागि जनता समाजवादी पार्टीले प्रयत्न गरिरहेको पनि बताए। ‘समाजले जे–जति अपेक्षा गरिरहेको छ, त्यसअनुसार हामीले चाहेजस्तो बनाउन सकिरहेको अवस्था छैन होला, तर हामी मुलुकमा रहेका विचारका बीचबाट जनताले चाहेजस्तो शक्ति निर्माण गर्ने र जनताका मुद्दालाई प्रधान ठान्ने गरी प्रमुख शक्ति निर्माणको अभियानमै छौँ,– उनले भने। नयाँ ढंगले राष्ट्रिय एकता कायम गरेर शासकीय स्वरूपमा परिवर्तन गर्नुपर्ने आवश्यकतामा पनि उनले जोड दिए ।

पार्टीका वरिष्ठ नेता अशोक राईले जनताको जीवनस्तर परिवर्तनका लागि चारमहिने संगठन सुदृढीकरण अभियान सञ्चालन गरेको बताए । जनवर्गीय संगठन विस्तार र जनता जागरुक गर्न अभियान थालिएको उनको भनाइ छ ।