२०८१ श्रावण १२

संसदीय समितिमा भागबण्डा
  • लुम्बिनी खोज
  • २०८० बैशाख ११, सोमबार १७:०२ गते

काठमाडौ,११ बैशाख ।

नेकपा एमालेले संघीय संसदको तीन वटा समिति पाउने भएको छ । ​सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको प्रमुख तीन ठूला दलका शीर्ष नेताको बैठकले एमालेलाई तीन संसदीय समिति दिने सहमति भएको हो ।

जसअनुसार प्रतिनिधिसभाका १० वटा समिति मध्ये महत्वपूर्ण मानिएका सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिसहित तीन वटा संसदीय एमालेको भागमा परेको छ । नयाँ सहमतिसँगै संसदीय समिति गठनको प्रक्रिया सुरु हुने भएको छ । ​

यसैगरी, सत्य निरुपण तथा मेलमिलाप आयोगको विवादलाई टुंग्याउनका लागि विशेष समिति गठन गर्नेमा पनि प्रमुख दल सहमत भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित उपस्थित बैठकले सो निर्णय गरेको एमाले सांसद पदम गिरीले जानकारी दिए ।