२०८१ श्रावण १२

चितवन-२ मा रविकाे फराकिलाे अग्रता
  • लुम्बिनी खोज
  • २०८० बैशाख ११, सोमबार १७:०६ गते
बुटवल ११ बैशाख ।
चितवन-२ मा आइतबार भएको उपनिर्वाचनको ताजा मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन् ।

ताजा परिणाम अनुसार घण्टी चिह्नलाई १२५४० मत प्राप्त भएको छ । लामिछानेलाई पछ्याउँदै नेकपा एमालेका रामप्रसाद न्यौपानेले ३५७३ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठलाई ३५५५ मत प्राप्त भएको छ ।