२०८१ मंसिर ८
बुटवल,१३ वैशाख ।
पछिल्लो २४ घण्टामा देशभर ८२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। यही अवधिमा एकजनाको मृत्यु भएको छ।
यस अवधिमा चार सय ९४ पिसिआर र एक हजार १४० एन्टिजेन गरी कुल एक हजार ६३४ नमुना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको हो।
यो संख्या थपिएसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या तीन सय ६१ पुगेको छ। तीमध्ये आइसियूमा पाँच र भेन्टिलेटरमा एकजना संक्रमित उपचाररत छन्।