२०८१ श्रावण १२

राष्ट्रिय सभाद्वारा संसदीय सुनुवाइ समितिमा तीन सदस्य मनोनीत
  • लुम्बिनी खोज
  • २०८० बैशाख १३, बुधबार १६:२६ गते

बुटवल,१३ वैशाख ।

राष्ट्रिय सभाले संसदीय सुनुवाइ समितिमा सदस्यहरूको मनोनयन गरेको छ । राष्ट्रिय सभाको बुधवार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रिय सभा सदस्यहरूलाई मनोनयन गरेको हो ।

समितिमा राष्ट्रिय सभा सदस्यहरू जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजंग रायमाझी मनोनित भएका हुन्।

संघीय संसदको संयुक्त रहेको सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाबाट तीनजना सदस्य रहने व्यवस्था छ। दलहरूले नाम नदिँदा प्रतिनिधिसभाले सदस्य मनोनित गर्न सकेको छैन।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा यी तीन सदस्यहरूलाई मनोनयन गरेको जानकारी बैठकमा गराएका थिए। बैठकले सर्वसम्मत रूपमा सहमति जनाएको थियो।