२०८२ श्रावण ७

लुम्बिनीको मुख्यमन्त्रीमा डिल्ली चौधरीको दाबी पेस
  • लुम्बिनी खोज
  • २०८० बैशाख १४, बिहीबार ११:१७ गते

 

साढे पाच बजे मुख्यमन्त्री नियुक्त गर्ने तयारी

बुटवल १४ बैशाख ।
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा डिल्ली चौधरीको दाबी पेस भएको छ।

कांग्रेस, माओवादीसहितको आठ दल र एक स्वतन्त्र सांसद गरी ५३ जनाको हस्ताक्षरसहित कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सरकारको नेतृत्वका लागि प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी गरेका हुन्।

एमाले नेतृत्वको सरकार ११ चैतमा ढलेपछि प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार मात्र तीन दिनको समय दिएर संविधानको धारा १६८ (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा नयाँ सरकार बनाउने गरी आह्वान गरेका थिए । सो समयावधि आज अपराह्न ४ बजे सकिएको छ । प्रदेश प्रमुखले साढे पाच बजे मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन । प्रदेश प्रमुख कार्यालयका प्रेस संयोजक गुनाराम घिमिरेका अनुसार आज नियुक्ति र भोलि सपथको कार्यक्रम तय गरिएको छ ।

८७ सदस्यीय प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार–चार, जनमत, जनता समाजवादी, लोकतान्त्रिक समाजवादीका तीन–तीन, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद छन्।

तीमध्ये एमालेका २९ र राप्रपाका चारबाहेक अन्य दलले कांग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका छन्।