२०८१ श्रावण १२

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आगामी १८ गते विश्वासको मत लिने
  • लुम्बिनी खोज
  • २०८० बैशाख १६, शनिबार १६:२५ गते

बुटवल ,१६ बैशाख ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आउँदो सोमबार (१८ गते) विश्वासको मत लिने भएका छन्।

आगामी सोमबार विश्वासको मत लिएपछि मात्रै दलहरूबीच मन्त्रालय बाँडफाँट हुने भएको छ । सरकारलाई छिटो पूर्णता दिने गरी मुख्यमन्त्री चौधरीले विश्वासको मत छिट्टै लिन थालेका हुन्।
शुक्रबार भालुवाङस्थित मुख्यमन्त्री कार्यालयमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले १८ वैशाखमा विश्वासको मत लिने निर्णय गरेको छ  ।  विश्वासको मत लिएसँगै मंगलबार मन्त्रीको बाँडफाँट र मन्त्रालयको भागबन्डा टुंग्याउने तयारी रहेको छ । कांग्रेस, माओवादीसहित आठ दल र एक स्वतन्त्र सांसद गरी ५३ जनाको समर्थनमा चौधरी मुख्यमन्त्री भएका हुन् । समर्थन गर्ने साना दल सबैले मन्त्रालय मागेका छन् भने कांग्रेसले मुख्यमन्त्रीसहित पाँचवटा मन्त्रालय र माओवादी केन्द्रले चारवटा मन्त्रालय माग गरेको छ । एकजना स्वतन्त्र सांसदको पनि मन्त्रालयमै दाबी छ ।