२०८१ श्रावण १२

प्रदेश प्रमुख शेरचनद्धारा श्रमिक दिवसको  शुभकामना सन्देश ब्यक्त
  • लुम्बिनी खोज
  • २०८० बैशाख १८, सोमबार ०९:२७ गते

बुटवल, १८ बैशाख ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले विश्व मजदुर दिवस अर्थात अन्र्तराष्ट्रिय श्रमिक दिवस मे (१) २०२३ को अवसरमा शुभकामना सन्देश ब्यक्त गरेका छन । शेरचनले विश्वका मजदुरहरुको हक अधिकार स्थापित भएको दिनको स्मरण र सम्मान स्वरुप हरेक वर्ष मे (१) का दिन मनाईने विश्व मजदुर दिवस अर्थात अन्र्तराष्ट्रिय श्रमिक दिवस मे (१) २०२३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदी बहिनी तथा दाजुभाइहरुमा श्रम अधिकार सुनिश्चितताको लागि निरन्तर वैचारिक संघर्ष गरिरहनुस र सफलता प्राप्त गर्नुहोस भन्ने कामना गदै आफ्नो हक, हित, अधिकार र स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि विश्वभरिका श्रमजीवीहरुसँग भाइचारा, एकताको सुत्रमा बाँध्न यस दिवसले सहयोग पुग्ने अपेक्षा लिएको बताएका छन ।
उनले श्रमिकलाई उच्च सम्मान गर्दै औपचारिक र अनौपचारिक सबै खाले श्रमलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सम्बन्धित पक्षको ध्यान जानेछ भन्ने पनि बिश्वास गरेका छन । सन १९८६ मा श्रमिक पेशागत मर्यादा र सम्मानको प्रत्याभुति गराउन प्रत्येक मजदुरको लागि “आठ घण्टा काम , आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम” को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
उनले आज पनि सामन्तवादका अवशेषहरुद्धारा शोषण र उत्पीडन कायमै छन् । त्यसको उन्मुलन आजको आवश्यकता हो । साथै श्रमिकमैत्री नियम कानुन निर्माण गर्नु र कार्यान्वयन गर्नु पनि सम्बन्धित पक्षको दायित्व भएको बताएका छन । अन्र्तराष्ट्रिय श्रमिक दिवसको सुखद अवसरमा सम्पूर्ण श्रमिकहरुलाई सामाजिक सुरक्षा लगायतका श्रम अधिकारहरु प्राप्त गर्न सफलता मिलोस शुभकामना ब्यक्त गरेका छन ।