२०८१ श्रावण १२

सरकार र महावीर पुनबीच सात बुँदे सहमति
  • लुम्बिनी खोज
  • २०८० बैशाख १८, सोमबार १६:४१ गते

अनुसन्धान र आविष्कारका लागि कोष स्थापना गरिने

बुटवल,१८बैशाख ।

सरकार र राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सातबुँदे सहमति भएको छ। सरकारका तर्फबाट उप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनबीच सोमबार सहमति भएसँगै आन्दोलन स्थगित भएको छ।

सहमतिपत्रमा अनुसन्धान तथा आविष्कारका कार्य सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने, कोषको व्यवस्थापन तथा सञ्चालन गर्न संसद्को आगामी अधिवेशनमा विधेयक पेस गरी पारित गर्ने, आगामी आर्थिक वर्षदेखि नै सरकारको पुँजीगत बजेटको एक प्रतिशत रकम उक्त कोषमा जम्मा गर्नेलगायतका विषय समेटिएको छ।